कुनै पार्टीसँग एकीकरणको सम्भावना छैन : झलनाथ खनाल
धनुषा- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताएका छन्।
धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले सो कुरा बताएका हुन् । उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण कुनै सम्भावना नरहेको जिकिर गरे।
नेता खनालले भने,‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन । तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ।’
एजेण्डाको आधारमा कार्यगत एकता गर्न सकिने बताउँदै नेता खनालले राष्ट्रियतामाथि खतरा बढेको पनि बताए। फरक प्रसंगमा खनालले वर्तमान सरकार संकटका पोका बोकेर हिँडेको आरोप लगाए ।
जसको पछिल्लो उदाहरण कही समय अघि जारी भएको अध्यादेश रहेको पनि बताए। संवैधानिक व्यवस्थाअनुसार कुनैपनि कानुनहरू सामान्य रुपमा बनाउन सकिने उल्लेख गर्दै नेता खनालले सामान्य रुपमा कानुन बनाउने कुरामा कसैको पनि अवरोध नगरेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस