बराबरीमै रोकियो एट्लेटिको म्याड्रिड
खबर एक्सप्रेस
२०७७-१२-३० १०:१८ मा प्रकाशित
Total Shares: 1261
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगाको शिर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा शुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिकोले रियल बेटिससँग १-१को बराबरी खेलेको हो ।
खेलको पाँचौ मिनेटमा यान्निक कारास्कोको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । तर, २०औं मिनेटमा क्रिस्टियन टेलोले गोल गर्दै बेटिसलाई खेलमा फर्काए । त्यसपछि बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडे ।
बराबरीसँगै एट्लेटिको शीर्षस्थानमा अग्रता बढाउनबाट चुकेको छ । एट्लेटिकोको ३० खेलबाट ६७ अंक रहेको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको ६६ अंक छ । रियल बेटिस ४७ अंक जोडेर छैटौ स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस