मेयर बालेन्द्रले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने
खबर एक्सप्रेस
२०८०-१०-११ १२:२० मा प्रकाशित
Total Shares: 65
काठमाडौं- महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।
मेयर बालेन कार्यव्यस्तताका कारण मतदानमा सामेल नहुने उनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। ‘उहाँ कार्यव्यस्तताको कारण मतदान गर्न जानुभएको छैन,’ भूपदेवले भने।
यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्। एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन् ।
बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस