काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा २ सय ५० महिला र ३ सय ११ जना पुरुष रहेका छन् ।

काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना नयाँ संक्रमित थपिएका हुन् । बिहीबार देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार उपत्यकामा ७ सय २३ जना संक्रमित थपिएका थिए ।