काठमाडौं - नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ । सोमबार नेपालमा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार १६८ जना भाइरसमुक्त भएका छन् ।