आईपीएल: प्ले अफमा पुग्न हैदरावादलाई जित्नैपर्ने दबाब
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शारजहाँ रंगशालामा हुँदैछ ।
जारी सिजनको अंक तालिकाको शिर्षस्थानमा रहेको मुम्बईलाई पाँचौ स्थानमा रहेको हैदरावादले चुनौती दिन लागेको हो । आजको खेल हैदरावादले जितेको खण्डमा रनरेटको आधारमा प्ले अफमा स्थान बनाउनेछ । तर, आजको खेल हैदरावादले आफ्नो पक्षमा पार्न सकेन् भने कोलकत्ता नाईटराईडर्स प्ले अफमा जानेछ । मुम्बई भने यसअघि नै प्ले अफमा पुगिसकेको छ ।
हैदरावाद डेविड वार्नरको कप्तानीमा केन विलियन्स, जोन वेरिस्ट्रो, राशिद खानलगायतका अनुभव खेलाडीका साथ मैदान उत्रिदैँछ ।
मुम्बई रोहित शर्माको कप्तानीमा हार्दिक पाण्डे, केइरन पोलार्ड, ट्रेन्ट बोल्ड, जसप्रित ब्रुमराह, क्वान्टन डी ककलगायतका अनुभवी र उत्कृष्ट खेलाडीको साथमा मैदान उत्रिदैँछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस