काठमाडौं - सरकारले कर तिर्ने अवधि थप गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गर्दै कर तिर्ने अवधि थप गरेको हो । 

विभागले असार २५ गतेसम्म कर तिर्ने समय थपेको छ । 

विभागका अनुसार २०७७ साल चैत र २०७८ साल वैशाख महिनाको अभिवृद्धि कर, अग्रिम करकट्टी भएको रकम, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद २५ गतेसम्म तोकिएको छ । 

सर्वोच्च अदालतले मंगलबार कर असुल गर्न सरकारलाई बाटो खुलाइदिएको थियो । आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।