चार प्रदेशमा भारी वर्षा हुने: खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने, सतर्कता अपनाउन अनुरोध
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
सोमबार
दिउँसो : देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार
दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस