काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण भएको छ ।

सन्दीपले सामाजिक संजालमार्फत् आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका हुन् । 

सन्दीपले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको बताएका छन् । सन्दीपले आफुलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको बताएका छन् ।

उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएका छन् । सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए ।

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो ।