काठमाडौं - नेकपा प्रचण्ड-नेपाल पक्षले संसदीय दलको नेता परिवर्तन गरेको निर्णय संसद सचिवालयले दर्ता गरेको छ । 

आइतबार प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्‍पकमल दाहाल प्रचण्ड, माधव नेपाल र नेकपाका नेता झलनाथ खनाल लगायतका नेताहरूले संसदीय दलको निर्णय लिएर संसद सचिवालय गएका थिए ।

सुरुमा संसद सचिवालयका महासचिव भरतराज गौतमले निर्णय दर्ता गर्न नमाने पनि केही बेर थप छलफल गरेपछि निर्णय दर्ता भएको राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले जानकारी दिए ।