काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले सहज जित हात पारेको छ । गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३-१ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । 

खेलको २०औं मिनेटमा करिम बेन्जेमाको गोलबाट अग्रता लिएको थियो । ३०औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । त्यसपछि ४०औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई खेलमा फर्काउने कोसिस गरे तर, खेलको इन्ज्युरी समयमा सब्सिच्युट मार्को एसेन्सियोले गोल गर्दै रियललाई ३-१को सहज जित दिलाए । 

जितसँगै दोस्रो स्थानमा उक्लिएको रियलले २८ खेलबाट ६० अंक जोडेको छ । पराजित सेल्टा ३४ अंक जोडेर ११औं स्थानमा छ ।