काठमाडौं - स्पेनी लिगमा रियाल मड्रिडले अप्रत्यासित हार भोगेको छ । रियाल मड्रिड कमजोर प्रतिद्वन्दी रियाल बेटिससँग २–१ गोल अन्तरले हारेको हो । पछिल्लो हारसंंगै रियालको उपाधि होडमा धक्का लागेको छ । रियालले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

घरेलु टोली बेटिसले डी सिल्भा जुनियरको गोलबाट ४०औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको ईन्जुरी समयमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेल सकिन ८ मिनेट बाँकी छदाँ बार्सिलोनाका पूर्व खेलाडी क्रिस्टियन टेलोले बेटिसको जित निश्चित गरे । जितसंगै बेटिस रेलिगेशन जोन भन्दा ८ अंकले माथि रहेको छ । बेटिस ३३ अंक सहित तालिकाको १२औं स्थानमा छ । रियल ५६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।

उता, जर्मन बुन्डेस लिगामा लिग लिडर वायर्न म्युनिखले सहज जित निकालेको छ । वायर्नले अग्स्बर्गलाई २–० गोल अन्तरले हराएको हो । जितसँगै शीर्ष स्थानको वायर्नले २५ खेलबाट ५५ अंक बनाएको छ । २७ अंक जोडेको अग्स्बर्ग १४औं स्थानमा छ ।