ओलीको निर्देशन: ‘माधव पक्षको भेलामा सरिक नहुनू’
खबर एक्सप्रेस
२०७७-१२-०३ ०२:११ मा प्रकाशित
Total Shares: 527
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
मंगलबार बालुवाटारमा आयोजित चियापानका लागि भेला भएका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै उनले उक्त भेलामा सहभागी नहुन आग्रह गरेका हुन् ।
‘कोही अनुशासनहीन भएमा देशको कानुन, संविधान, पार्टीको विधान, संसदको नियमावली, राजनीतिक दल सम्बन्धी ऐन छ।’ ओलीले भने, ‘यी सबै कुरातिर म ध्यानाकर्षण गराउन चाहन्छु। गुटगत भेलामा सरिक नहुन सबै नेता-कार्यकर्तालाई सचेत गराउँछु।’
माधव पक्षले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ।
फेसबुक पेज Like गर्नुहोस