सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
खबर एक्सप्रेस
२०८०-१२-१४ ०५:५३ मा प्रकाशित
Total Shares: 110
काठमाडौं,धनगढी-नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
२१ सदस्यीय केन्द्रीय समितिमा बहुमत सदस्य उपस्थित भएर निर्णय गरिएको नाउपाले जनाएको छ ।
नाउपाले केन्द्रमा तयार भएको नयाँ गठबन्धनअनुसार प्रदेशमा पनि जाने निर्णय गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस