काठमाडौं - दोलखाको जिरीमा एक दिवसीय मानव अधिकार शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रममा मानव अधिकारको रक्षार्थ योगदान गरेको भन्दै तीन जनालाई सम्मान गरिएको छ ।

विगत लामो समयदेखि दोलखा जिल्लालाई कार्यक्षत्र बनाइ पत्रकारीताको माध्यमबाट दोलखाको समग्र बिकास साथै नागरिक अधिकारका पक्षमा कलम चलाउदै र आम नागरिकका पक्षमा वकालत गर्दै जिल्लाको सामाजिक न्याय र मानव अधिकारको रक्षार्थ पुर्याएको अतुलनीय योगदानकाे उच्च मुल्यांकन स्वरुप नेपाल मानव अधिकार संगठनद्वारा दोलखाका युवा समाजसेवी तथा पत्रकार राजन बस्नेतलाई एक समारोहका बीच संमान गरेको नेपाल मानव अधिकार संगठन दोलखाका सचीव बलराम शिवाकोटीले जानकारी दिए।

त्यसैगरी जिरीका सामाजिक अभियान्ता  नागरिक अधिकार कर्मी केन्द्र ज्योति खड्का र पत्रकार गौतम जिरेल पनि सोही कार्यक्रममा सम्मानित भएको सचीव शिवाकोटीले जानकारी दिए । 

सम्मान हुने सबैप्रती बधाई ज्ञापन गर्दै अध्यक्ष चौलागाईंले आगामी दिनमा समेत मानव अधिकार संरक्षणको क्षेत्रमा थप योगदानको अपेक्षा राखेको बताउँदै दोलखाली नागरिकको अधिकार संरक्षणमा नेपाल मानव अधिकार संगठन दोलखा शाखाले सशक्त भुमिका निर्वाह गरेको र नागरिक सर्बोच्चताको लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा बोल्दै जिरी नगरपालिकाकाका नगरप्रमुख टङ्क जिरेलले जिरी नगरपालिकामा मानव अधिकारको क्षेत्रमा नागरिक सुसूचित कार्यक्रम समानान्तर भैरहेको र यस प्रकारको प्रशिक्षण कार्यक्रमले यस क्षेत्रका नागरिकहरुको आफ्नो अधिकार रक्षार्थ थप टेवा पुग्ने बिश्वास ब्यक्त गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र प्रा. डा. गोविन्द ढकाल लगायत जिरी नगरपालिकाको न्यायीक समितिका प्रतिनिधिहरु, तिनै सुरक्षा तहका प्रशिक्षार्थीहरु, पत्रकार तथा नागरिक समाजका अगुवा सहितको सहभागिता रहेको थियो ।

जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेलको प्रमुख आतिथ्यतामा संचालित उद्घाटन कार्यक्रममा नेपाल मानव अधिकार संगठन दोलखाका अध्यक्ष दिपशंकर चौलागाईंको अध्यक्षता सम्पन्न भएको थियो  ।