काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतको प्रस्तावका लागि प्रतिनिधिसभामा आइतबार राति भएको मतदानमा १६५ जना सांसद्ले विश्वासको मत दिएका हुन् । कुल २४९ जना सांसद् उपस्थित भएको प्रतिनिधिसभामा पक्षमा १६५ मत खसेको छ भने विपक्षमा ८३ मत खसेको छ । १ जना तटस्थ बनेका छन् । 

२ सय ७१ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पारित हुन कम्तीमा १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ । विश्वासको मतको पक्षमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएको थियो ।