विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला रिहा
खबर एक्सप्रेस
२०७७-११-२१ ०१:२९ मा प्रकाशित
Total Shares: 1377
काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्। काभ्रे प्रहरीको हिरासतमा रहेका बाँस्तोलालाई शुक्रबार प्रहरीले रिहा गरेको हो ।
संगठित अपराध तथा आगजनी मुद्दामा प्रहरीले हिरासतमा राखेका बाँस्तोलालाई बिहीबार सरकार र विप्लव समूहबीच भएको वार्तापछि रिहा गरिएको हो । वार्तामा भएको सहमति अनुसार पक्राउ परेका नेता/कार्यकर्ता छोड्न गृह मन्त्रालयले प्रहरीलाई सर्कुलर गरेको थियो।
आज (शुक्रबार) सो समूहका नेता विप्लव समेत सार्वजनिक भएका छन् । पछिल्लो दुई बर्षदेखि भूमिगत भएका विप्लव सरकारसँग सहमति भएसँगै आज काठमाडौँमा हुने विशेष समारोहलाई सम्बोधन गर्न आउन लाग्दा नवलपरासीमा सार्वजनिक भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस