'संविधान संशोधन अदालतको क्षेत्राधिकार होइन'
खबर एक्सप्रेस
२०७६-११-०७ ११:०० मा प्रकाशित
Total Shares: 274
काठमाडौं - सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ ।
संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको हो ।
भारतले नेपालका लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको भूभाग अतिक्रमण गरेकाले वास्तविक नक्सा यकिन गरी सार्वजनिक गर्न तथा नेपालको नक्सामा सबै भूभाग समेट्न संविधान संशोधनको मागसहित दायर रिटमा कार्यालये यस्तो जवाफ पठाएको छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस