काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले हुयस्कामाथि २-१ को पुनरागमन जित निकालेको हो ।

रियलको पुनरागमन जितमा राफायल भरान चम्किए । २ गोल नै उनले गरेका हुुन् । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि ४८औं मिनेटमा जाभी गलानले गोल गर्दै हुयस्कालाई अग्रता दिलाए ।

तर, ५४ औं मिनेटमा भरानले गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि ८४औं मिनेटमा भरानले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१ को पुनरागमन जित दिलाउन सफल भए ।

जितसंगै २१ खेलमा ४३ अंक जोडेर रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित हुयस्का १६ अंकसहित तालिकाको पुछारमा छ ।