काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले वर्तमान सरकार कुनै व्यक्तिको राजनीतिक भविष्य निर्माण गर्न नभई जनताको सेवा र समस्याको समाधान गर्न गठन भएको बताएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ओलीले सरकार कुनै व्यक्तिलाई काठमाडौं महानगरबाट सिंहदरबार वा नख्खुबाट कुनै पार्टीको सभापति बनाउने उद्देश्यले गठन नभएको स्पष्ट पारिन् । उनले सरकार जनताको अपेक्षा र आवश्यकताप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

.gif)


