काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकार नै राजनीतिक घटनाको वास्तविक राजनीतिकरण गर्ने पक्ष भएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले मुगुका गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युबारे सरकारसँग जवाफ माग्नु राजनीतिकरण नभई जनउत्तरदायित्वको विषय भएको बताए।