ओली प्रचण्ड र देउवाको भेटवार्ता, के भयो छलफल ?
खबर एक्सप्रेस
२०७६-१०-१२ ११:०० मा प्रकाशित
Total Shares: 313
काठमाडौं - मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्नेमा शीर्ष नेता सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितका विषयमा छलफल गर्दै सहमति भएको थियो ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापती शेरबहादुर देउवाबीच मुलुक सञ्चालनदेखि अन्य विषयमा सहमति र सहकार्य गर्दै अगाडि बढ्नेबारे छलफल भएको बताइएको छ ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस