मोटरसाइकलको लाइसेन्स लिने उमेर बढाइयो
खबर एक्सप्रेस
२०७६-१०-२८ ११:०० मा प्रकाशित
Total Shares: 313
काठमाडौं - सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर बढाइने भएको छ । सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो ।
यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । अहिले हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस