राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुंगो छैन
खबर एक्सप्रेस
२०८०-०१-१० ०९:०६ मा प्रकाशित
Total Shares: 88
काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।
भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुदैँ आएको हो ।
पौडेलको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।
मुटुमा जमेको पानीमा संक्रमण फैलिए पछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनी बुधवार देखी त्यहाँ उपचाररत रहेका छन ।
स्वास्थ्यमा सुधार आए पनि उपचार पछि कहिले स्वदेश फर्कने हो ? त्यो भने अझै टुंगो नलागेको दुतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस