काठमाडौं - सामलिङ पावर कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ । असार ३१ गते बसेको नेपाल धितोपत्र बोर्डको बैठकले अनुमति दिएको हो । 

कम्पनीले जारी पुँजी ५० करोडको २४.६ प्रतिशत १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर बिक्री गर्न बोर्ड अनुमति दिएको हो । कम्पनीले परियोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न अनुमति माग गर्दै बोर्डमा अनुमति मागेको थियो ।

सामलिङ पावर कम्पनीले इलाम जिल्लामा ९।५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिहरेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसवीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।