काठमाडौं - बलिउड अभिनेत्री प्रियंका चोपडा जुलाई १८ मा आफ्नो जन्मदिन मनाउँदै छिन् । उनले आफ्नो ३५औँ जन्मदिन मनाउन लागेकी हुन् ।

अहिले सफलताको शिखरमा रहेकी प्रियंकाले यस्ता दिन पनि बिताइन्, उनले जीवनमा आइपर्ने समस्याका कारण आत्महत्या गर्ने फैसला पनि गरेकी थिइन् । एकपटक मात्र होइन, उनले तीन–तीनपटक आत्महत्या गर्ने कोसिस गरेकी थिइन् । 

प्रियंका जब आफ्नो करिअरको संघर्षको समयमा थिइन्, उनले आफ्नो पहिचान बनाउन खुबै कोसिस गरिरहेकी थिइन् । त्यो समयमा प्रियंका असिम मर्चेन्टसँगको प्रेम सम्बन्धमा थिइन् ।

दुवैको जीवनमा सबै राम्रो चलिरहेको थियो । तर, २००२ मा यस्तो अवस्था आयो, जसका कारण प्रियंका चोपडाले आत्महत्या गर्ने प्रयास गरिन् । प्रियंकाको म्यानेजर प्रकाश जाजुले २०१६ मा सामाजिक सञ्जालमा आत्महत्याबारे खुलासा गरेका थिए ।