सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई नियन्त्रण गर्न कानुन बनाउँदैछौँ : सञ्चारमन्त्री गुरुङ
खबर एक्सप्रेस
२०८१-०९-१६ ०७:११ मा प्रकाशित
Total Shares: 110
लमजुङ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना पाउने जनताको अधिकार व्यवस्थित गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।
लमजुङको सुन्दरबजारमा तमु ल्होसारको अवसरमा आयोजना गरिएको संयुक्त ल्होसार विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालको जथाभावी प्रयोगलाई नियन्त्रण गर्न सरकारले कानुन ल्याउन लागेको उनले जानकारी दिए ।
सामाजिक सञ्जालका माध्यमबाट भइरहेका अपराध नियन्त्रण गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालमा जथाभावी पोष्ट गर्नेलाई नियन्त्रण गर्न, साइबर अपराधको अन्त्य गर्न बनेको ‘साइबर सेक्युरिटी ऐन’ ल्याउने तयारी रहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस