धुलिखेल अस्पतालमा कोरोना परिक्षण सुरु
खबर एक्सप्रेस
२०७६-१२-२३ ०९:४८ मा प्रकाशित
Total Shares: 289
काभ्रे - धुलिखेल अस्पतालमा कोरोना भाइरस सङ्क्रमण सम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ।
अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले आज आइतबारदेखि पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने बताए ।
‘पर्याप्त पिपीइ, परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएका छौँ,’ उनले भने।
झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका नागरिकलाई सहज हुनेछ।
फेसबुक पेज Like गर्नुहोस