आईपीएल: दिल्ली र पञ्जाब भिड्दै
काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज किंग्स ११ पञ्जाब र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७स्४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ ।
अंश तालिकाको शिर्षस्थानमा रहेको दिल्लीलाई सातौं स्थानमा रहेको पञ्जाबले चुनौती दिन लागेको हो । पछिल्ला दुई खेलमा अपराजित रहेको यी दुई टोलीबीचको खेलमा रोमाञ्चक हुने सम्भावना रहेको छ ।
आजको खेलमा दिल्लीले जित निकाले शिर्षस्थानमा रहेर प्ले अफमा छनोट हुनेछ । यता, पञ्जाब भने उच्च मनोबलका साथ आजको खेलमा दिल्लीलाई हराउँदै प्ले अफको सम्भावना कायम राख्ने तयारीमा छ ।
दिल्ली श्रेयस लेयरको कप्तानीमा ऋषभ पन्त, पृथ्वी श, शेखर धवन, मार्कुस स्टोनिस, कागिसो रवडालगायतका खेलाडीको साथमा उत्कृष्ट लयमा छ ।
पञ्जाबमा भने केएल राहुलको नेतृत्वमा क्रिस गेल, ग्लेन म्यासवेल, म्यानक अग्रवाल, निकोलस पुरनलगायतका अनुभवी खेलाडी छन् ।
हेड टु हेडका आँकंडा हेर्दा पञ्जाब बलियो देखिएको छ । यी दुई टोलीबीच खेलिएका २५ खेलमा पञ्जाब १४ मा र दिल्लीमा ११ विजयी भएको छ । पछिल्लो खेलमा दिल्लीले सुपर ओभरमा पञ्जाबलाई हराएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस