देउवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
खबर एक्सप्रेस
२०७७-०६-०२ ११:३८ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको छ। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो।
शुक्रबार बिहान देउवा र परिवारका सबै सदस्यको काेराेना रिपाेर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।
केही दिनअघि एक सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवासहित परिवारका सबै सदस्य होम आइसोलेसनमा बसेका थिए।
फेसबुक पेज Like गर्नुहोस