दिल्ली आईपीएलको दोस्रो स्थानमा
काठमाडौं, एजेन्सी - दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ ।
बिहीबार राति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा पृथ्वी शले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए ।
कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजित रहे । यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।
दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए । जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस