कैलालीमा युवक मृत फेला, हत्याको आशंका
खबर एक्सप्रेस
२०७७-११-१५ ०२:०८ मा प्रकाशित
Total Shares: 308
काठमाडौं, कैलाली - गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।
गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ ।
मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस