नेपाललाई मलेसियाले दियो १५५ रनको लक्ष्य
काठमाडौं - एसीसी इस्टर्न रिजन टी-२० कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियाले जितका लागि नेपाललाई १५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
थाइल्याण्डमा जारी प्रतियोगितामा शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको हो ।
मलेसियाका लागि सायद अजिजले अर्धशतकिय इंनिङ्स खेले । उनी ३५ बलमा ५१ रन बनाएका हुन् । यस्तै, अनवार अरुद्धिनले ३१ तथा खिजर हायत दुरानीले ३० रन जोडे । अमिनुदुन राम्ले २९ रन जोड्दै अविजित रहे ।
बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले ३ तथा अबिनास बोहराले २ विकेट लिए । यस्तै,करण केसीले एक विकेट लिए । यससँगै, सन्दीपले टि-२० मा १०० विकेट पुरा गरेका छन् । सन्दीपले टी-ट्वान्टीमा १०० विकेट लिने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस