काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज स्वदेश फर्कदै छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई न्युरो–इन्क्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि भारतको नयाँ दिल्ली गएका थिए ।

उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार बायोप्सी परीक्षणका क्रममा उनलाई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । चिकित्सकले क्यान्सर नभएको प्रमाणित गरेका छन् । यद्यपी। ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नुपर्ने बताइएको छ । डा. भट्टराईले फेब्रुअरी २२ बाट भारतको नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।

नेपालमा राजनीतिक अस्थिरता उत्पन्न भएको अवस्थामा उनी आज काठमाडौँ फर्कन लागेका हुन् । उनी नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कन लागेका हुन् ।

नेपालमा संसद् पुर्नस्थापना भएको र संसद् बैठक समेत डाकिएको बेला ‘राजनीतिक समिकरणको खेल’ सुरु भएको छ । भट्टराईको पार्टीले पनि अबको राजनीतिबारे बाटो तय नगरिसकेको अवस्थामा उनको उपस्थिति महत्वपूर्ण हुने आंकलन गरिएको छ ।