युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन
काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले जारी गरेको प्राथमिक निष्काशन (आईपीओ)मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।
साढे ६४ लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्कासन गरिएकोमा निष्कासनको पहिलो दिनको अपरान्ह ५ बजेसम्म ५ लाख १० हजार ९ सय ४५ जनाले ९१ लाख ६०० कित्ता सेयरका लागि आवेदन दिएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । जुन कुल आईपीओको १.४१ गुणा बढी हो ।
यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस