काठमाडौं, एजेन्सी - बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण भएको छ । शनिबार सामाजिक सञ्जालमार्फत् उनले आफू संक्रमित भएको जानकारी दिएकी हुन् । 

उनी अहिले होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् । 

'मलाई केही दिनदेखि थकाई महसुस भइरहेको थियो । आँखा पोलिरहेको थियो । मैले हिमाञ्चल जानुभन्दा अगाडि कोरोना परीक्षण गराएको थिएँ । आज नतिजा आएको छ । म अहिले घरभित्र नै बसिरहेकी छु ।' उनले इन्स्टाग्राममा लेखेकी छन् ।