इटहरी - इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउण्ड वाल भत्काएका छन् ।

वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको भनेर आलोचना भएपछि मंगलबार आफैँ उपस्थित भएर पर्खाल भत्काउन लगाएका हुन् ।  

प्रमुख चौधरीले यसअघि सार्वजनिक जग्गा मिच्नेहरुको संरचना भत्काउने अभियान चलाएका थिए । उनले पहिले आफ्नो घरको परिसरको पर्खाल भत्काएर अभियान चलाउन लागेका हुन् ।

महिलाहरु माथि अपशब्द बोलेपछि मेयर चौधरी विवादमा तानिएका थिए । समाजिक विकृति बिरुद्ध कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले बोल्ने क्रममा महिलाहरुको अस्मितानै आच आउने गरी बोलेका थिए । मेयर चौधरीले पछि माफि मागेका थिए ।

त्यसअघि  इटहरीका पत्रकार विराट अनुपमलाई धम्कीको दिएका थिए । उनले पत्रकारलाई कालोमोसो दल्नेदेखि नाकको डाँडी भाच्ने जस्तासम्म धम्कीहरु दिएका थिए।