प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई बुझाए सरकारको वार्षिक प्रतिवेदन
खबर एक्सप्रेस
२०८१-१२-०९ ०४:१६ मा प्रकाशित
Total Shares: 56
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्।
राष्ट्रपति निवास शीतलनिवासमा आज प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन्।
प्रधानमन्त्री ओली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उच्च अधिकारीहरूसहित पुगेका थिए।
संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस