काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना पराजित भएको छ ।

बिहीबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ग्रानडासँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७९ औं मिनेटमा जोर्गे मोलिनाले गोल गर्दै ग्रानडालाई २-१ को पुनरागमन जित दिलाए ।

यस हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । बार्सिलोनाले ३३ खेलमा ७१ अंक जोडेको छ ।

ग्रानडा ४५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।