म्यानचेष्टर डर्बी : घरेलु मैदानमा युनाईटेडलाई सिटीको चुनौती
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड र म्यानेचेष्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । म्याचेष्टर डर्बीको खेल आज राति ११:१५ बजे वर्ल्ड ट्राफोर्ड मैदानमा हुनेछ ।
आज खेलमा जित निकाल्दै दुवै टोली शिर्ष पाँच पुग्ने योजनामा रहेका छन् । आज खेलमा घरेलु मैदानमा सिटीलाई पराजित गर्दै युनाईटेड शिर्ष पाँच उक्लिने दाउमा छ भने सिटी युनाईटेडलाई उसकै मैदानमा हराउँदै दबादब कायम राख्न चाहन्छ ।
युनाईटेड १९ अंक सहित तालिकाको सातौं स्थानमा छ । सिटी १८ अंक सहित आठौं स्थानमा छ ।
आजको खेलमा एन्थोनी मार्टियल चोट मुक्त हुँदै युनाईटेडको जर्सीमा मैदान फर्कनेछन् । उनले सामान्य चोटका कारण च्याम्पियन्स लिगमा आरबी आईपेजिगविरुद्धको खेल गुमाएका थिए । सो खेलमा भ्रमण गर्न नपाएका ईडिन्सन काभानी समेत म्यान्चेष्टर डर्बीमा उपलब्ध हुनेछन् ।
म्यान्चेष्टर सिटीका सर्जियो अग्युरोले बेन्चबाट मैदान देखिन सक्नेछन् । चोट मुक्त हुँदै मैदान फर्किएको खेलमा अग्युरोले युरोपा लिगमा गोल गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस