थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु पुष्टि
काठमाडौं - नेपालमा आइतवार थप २ हजार ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या घट्दै गएको छ ।
योसँगै कोरोना संक्रमणबाट १ हजार १०८ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ४० हजार ७७ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् भने आईसोलेशनमा ३५ हजार ४१९ जना रहेका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौं जिल्लामा १ हजार २९४ जना, भक्तपुर जिल्लामा ७७ जना र ललितपुर जिल्लामा १६२ जना रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस