काठमाडौं - नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृत कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । 

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) कोरोना भाइरसबाट संक्रमित भएका हुन् । 

नेपाल प्रहरी अस्पताल दुई डीआईजीसहित ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

प्रहरी प्रवक्ता तथा एसएसपी कुवेर कडायतले कुल संक्रमित प्रहरीमध्ये २४० जना निको भएको जानकारी दिए ।