काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आइपुगेका छन्। आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका राजालाई विमानस्थलको गेटदेखि नै राजाका समर्थक र विभिन्न समर्थकहरूको र्‍यालीले भव्‍य स्वागत गरेको छ।

राजालाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए। र्‍यालीका क्रममा गाडीमा उभिएर पूर्वराजा शाहले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गर्नुका साथै हात हल्लाएर खुसी व्‍यक्त गरेका छन्।

यही फागुन ७ गते पूर्व राजा शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु हौसिएका छन् । सरकारले राजावादीहरुको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ । अहिले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बाहिर हजारौँको संख्यामा समर्थकहरु जम्मा भएका छन् । राजसंस्था समर्थकहरूले ‘हाम्रो राजा, हाम्रो देश, प्राणभन्दा प्यारो छ’, राजा आऊ देश बचाऊजस्ता नाराहरू लगाएका छन ।