काठमाडौं - लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्।

आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् । 

८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।