काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ८५६ जनामा संक्रमण देखिएको हो । जसमा पुरुष १ हजार ७८९ जनार महिला १०६७ जना रहेका छन् । योसँगै कुल संक्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको ८४७ पुगेको छ ।

यस्तै, मन्त्रालयका अनुसार ४७ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन् । क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन् । नेपालमा हालसम्म १३ लाख ९३ हजार १७३ जनामा पिसिआर विधिबाट परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परिक्षण गरिएको छ ।