राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी
खबर एक्सप्रेस
२०८०-१०-०४ ०७:१० मा प्रकाशित
Total Shares: 117
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका छन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सो अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
फागुनकाे संसदमा प्रि बजेट छलफल गर्ने गरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो ।


.gif)


फेसबुक पेज Like गर्नुहोस