काठमाडौं - विभागिय क्लब एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा साविक विजेतासमेत रहेको एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२-० गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरिन् । यस्तै, अनु लामाले ५, अनिता बस्नेतले ३, रेनुका नगरकोटी र सरु लिम्बुले समान एक/एक गोल गरे ।

जितसँगै एपीएफ ६ खेलमा १८ अंक जोडेर शिर्षस्थानमा रहेको छ । चौदण्डी अंक विहीनरहि पुछारमा रहेको छ ।