काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सबै क्रिकेट गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको छ । क्यानले बिहीवार सूचना जारी गर्दै कोराना भाइरसलाई मध्येनजर गरेर अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

क्यानले केन्द्र, प्रदेश र जिल्लाको सचिवालय समेत बन्द गरिएको जनाएको छ । विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले एक हप्ता सम्पूर्ण खेलकूद गतिविधि बन्द गर्न निर्देशन दिएपछि क्यानले सम्पूर्ण गतिविधि बन्द गरेको हो ।