आईसीसी यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता
खबर एक्सप्रेस
२०८०-१०-२२ ११:१८ मा प्रकाशित
Total Shares: 91
काठमाडौं - दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली घर फर्केको छ ।
नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्।
देव खनालको कप्तानीमा रहेको टोलीले पाकिस्तान, अफगानिस्तान र न्यूजिल्याण्डसँग समूह चरणमा खेलेको थियो ।जसमा अफगानिस्तानलाई नेपालले पराजित गरेर सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा नेपालको भिडन्त बंगलादेश र भारतसँग भएको थियो ।
दुवै खेलमा नेपाल पराजित भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस