काठमाडौं - बुटवलबाट रिडितर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।  शव लिएर दाहसंस्कारका लागि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार बसमा करिब ३५ जना सवार थिए । घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाइएको छ । अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार कार्य गर्दै आएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।